Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

२ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

२ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २१ माघ । नेपाल राष्ट्र बैंकले २ अर्ब २० करोड रुपैया बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गर्ने भएको छ। नेपाल राष्ट्र बैंक उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब २० करोड र कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड गरी २ अर्ब ४५ करोड रुपैयाँ २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म ३६६ दिन अवधिको लागि मुद्दती निक्षेपमा राख्न लागेको हो।

उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले माघ २४ गते बेलुका ७ बजेसम्ममा प्रस्ताव पेश गरिसक्नुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x