करिव १७ प्रतिशतले बढ्याे नेशनल लाइफ इन्स्योरेन्सकाे नाफा
काठमाडौं, २३ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे नाफा बढेकाे छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेकाे छ ।
गत वर्षको पुस मसान्त सम्ममा कम्पनीको यस्तो नाफा २१ करोड ८२ लाख रुपैयाँ थियो ।यस वर्षकाे साेहि अवधिमा यस्ताे नाफा १६.९१ प्रतिशतले बढेकाे हाे ।
यस्तै यस वर्ष कम्पनीकाे प्रिमियम शुल्क पनि ११.४५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म कुल ७ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ८ अर्ब ५६ करोड रुपैयाँको प्रिमियम शुल्क संकलन गरेको हो ।