सरकार उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ : उद्यमी जस श्रेष्ठ
काठमाडाैं, २३ माघ । युवा उद्यमी जस श्रेष्ठले कुनैपनि मुलुकको विकासका निम्ति सरकार गम्भीर हुन आवश्यक भएको बताएका छन् । हजारौं युवा पलायन भइरहेको अवस्थामा सरकारले राम्रो स्किम वा नीति तर्जुमा गरी स्वदेशमा नै केहि गर्न सकिने अवस्था बनाउन सरकार लागि पर्नु पर्ने उनकाे भनाइ छ ।
‘अहिलेको युगमा मुलुक रेमिट्यान्सले मात्र सम्पन्न हुँदैन। कुनैपनि मुलुकको गहना नै युवा जनशक्ति हो जुन हाम्रो मुलुकबाट दैनिक रुपमा हजारौं पलाएन भइरहेका छन’, उनले भने ‘जसमा धेरै जस्तो हाम्रा युवाहरू कुनै सीप वा तालिम बिना गएको देखिन्छ त्यस्ता युवालाई अर्काको ठाउँमा समस्या हुने देखि कमाई पनि कम हुने पाइन्छ त्यसैले सकेसम्म स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु पर्ने र यदि पठाउनै परे पनि सबै ज्ञान र सीपमा चुस्त युवायुवती पठाउनु पर्छ ।’
श्रेष्ठले हाम्रो मुलुकले सबैभन्दा धेरै वैदेशिक मुद्रा आर्जन गर्ने र रोजगारी वृद्धि गर्ने पर्यटनले र विद्युत निर्यात गरेर नै हो पर्यटनले यहाको आर्थिक स्थिति चलायमान सहित स्थानीय स्रोत साधनाको सदुपयोग हुने बताए ।
‘हामीसँग प्रसस्त प्राकितिक श्रोत साधन छन् जसलाई हामिले देखाएर मुद्रा आर्जन गर्न सक्छौं यहाँका रैथाने खानेकुरा तथा हाम्रो कल्चर लाई प्रोमोट गरेर हामी धनी हुन सक्छौ तर हामी किन पछि छौंँजहाँ थोरै लगनसिलता र केहि नीतिगत परिवर्तनमा सरकारको तदारुकता हुनुपर्छ’ उनले भने ।
यसैगरी अहिले जलवायु परिवर्तनको कारण वातावरण प्रदुषणले गर्दा हाम्रो जीवनलाइ समस्यामा धकेलिएको र सारा विश्व नै ग्रीन इनर्जिमा रुपान्तरण भइरहेको अवस्थामा हाम्रो विद्युतले अन्तर्राष्टिय बजार पाउने श्रेष्ठले बताए । यसका लागि उत्पादन बढाउनतिर केन्द्रित हुनु पर्ने उनकाे भनाइ छ ।
यस्तै उनले सरकारले अभिभावकीय भूमिका निभाउनु पर्ने तथा लागानिको प्रत्याभूति सहित युवालाई उद्यमशील बनाउन लाग्नुपर्ने बताए । ‘हामी औद्याेगिकीकरण बढी लगनशील हुनु पर्छ र आफ्नै श्रोत साधनाको प्रयोग गरी रोजगारी सिर्जना गर्न सक्छाैं, उनले भने ‘ उत्पादनशील क्षाेत्रमा लगानी गर्न प्राेत्साहन गराैं ।’
साथै उनले नेपालमा कृषिकाे राम्राे सम्भावना रहेकाले उत्पादनमा जाेड दिनुपर्ने बताए । नेपालमा उत्पादित वस्तुकाे अन्तराष्ट्रिय स्तरमा माग भइरहेका कारण हामीले हाम्रा वस्तुहरूकाे गुणस्तर र ब्राण्डीङमा ध्यान दिनु पर्ने बताए । यसले िवश्व बजारमा नेपाली उत्पादनकाे निर्यात बढ्ने उनकाे भनाइ छ ।
यस्तै उनले नेपालमा भारतीय सामानले सजिलै बजार पाउँदा हाम्रा माैलिक उत्पादनले बजार नयाएकाे भन्दै याे समस्या अन्त्य हुनुपर्ने बताए । उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था सही मूल्य तथा समयमै बीउ विजन तथा मलखादको व्यवस्थापनमा विशेष ध्यान दिनु जरुरी रहेको समेत उल्लेख गरे ।