Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

चालु खाता १ खर्ब ६१ अर्ब र शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा

चालु खाता १ खर्ब ६१ अर्ब र शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा

काठमाडाैं, २३ माघ । चालु आर्थिक वर्ष २०८०/८१ पुस मसान्त सम्ममा चालु खाता रु.१६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।

यस्तै साेहि अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x