Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

विचार: नेपाललाई कृषिप्रधान मात्र हाेइन आईटीप्रधान मुलुक बनाउनुपर्छ

विचार: नेपाललाई कृषिप्रधान मात्र हाेइन आईटीप्रधान मुलुक बनाउनुपर्छ

अहिलेको युगलाई आइटिको युग मान्न सकिन्छ विश्वको कुनैपनि कुनामा बसेर सारा विश्वलाई हेर्न बुझ्न वा चलाउन सक्ने प्रविधिहरूको विकाश भइसकेको छ । हरेक मिनेट मिनेटमा नयाँ नयाँ प्रविधिको परीक्षण भइरहेको हुन्छ । मानिस भन्दा छिटो छरिताे र सहज ढङ्गबाट प्रविधिले काम गरिरहेको छ ।

अझैँ पछिल्लाे समय त एआईले धेरै मानिसहरूले अफिस तथा कार्यालयमा गर्ने सम्पूर्ण काम गर्न थालिसकेकाे छ । यसबाट धेरै मानिसहरूले राेजगारी समेत गुमाइसकेका छन् । यसले  मानिसको दैनिक जीवनयापन निकै सजिलो बनाएकाे छ भने कामलाई छिटो छरितो र व्यवस्थित पनि बनाएको छ।यता ब्रेन-चिप फर्म न्युरालिंकले मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने अनुमति पाइसकेकाे छ।

नेपालले पनि पछिल्लो समय प्रविधिमा निकै फड्को मारेको छ । नेपाल कृषिप्रधान मात्र हाेइन आइटीप्रधान देश बन्ने सम्भावना छ । यसका लगि सरकारले नीतिगत तहमा धेरै कामहरू गर्नु पर्ने देखिन्छ ।  सूचना प्रविधिको युगमा अन्य मुलुकहरूसँग प्रतिस्पर्धा गरे हामी अगाडी बढ्न सक्छाैं । यसका लागि सरकारले सरकारले सहजिकरण गरिदिनु पर्छ । त्यसै अनुकुल नीति नियम तर्जुमा गर्नुपर्छ । सरकारले याे कुरालाई समयमै सम्बाेधन गर्न सकेनाै भने क्षमता हुँदा हुँदै पनि हामी निकै पछि पर्छाैँ ।

हाम्रा स्कूल कलेजमा अहिलेदेखि नै प्रविधिको उच्चतम प्रयोग नयाँ ज्ञान सीप तथा तालिमको व्यवस्था तथा कोर्षको समेत परिमार्जन गर्नुपर्ने अहिलेकाे टट्काराे आवस्यकता हाे । हामी नयाँ आउने पुस्तालाई सुचना प्रविधिमा अहिले देखिनै हाम्रा पाठ्यक्रमका साथसाथै व्यवहारी सिप सिकाउन जरूरी छ । यसाे गर्न सके हामीले देशभित्र राेजगारी सिर्जना गरी नयाँ ज्ञान सिप भएका युवाहरूलाई देशभित्रै परिचालन गर्न सक्छाैं ।

साथै राम्रो व्यवस्थापन भएमा हामी हाम्रा उत्पादन विश्वको जुनकुनै कुनामा निर्यात गरेर आम्दानी गर्न सक्छौँ  । यसको गतिलो उदाहरण पोहोरको वर्ष सोच्दै नसोचेको आइटी क्षेत्रबाट अरबौं विदेशी मुद्रा आर्जन गरेका थियौ । सोच्नुहोस् राम्रो बाताबरण बनाउन सके के गर्न नसकिएला साथै हामीले उत्पादन गरेका सफ्टवेयर अन्यको तुलनामा सस्तो पनि पर्नेछ । अब उदाहरणको लागि कुनै बैंकको सिस्टम व्यवस्थापनको लागि बाहिरी कम्पनीलाई करोडौं दिनुपर्छ भने यहाँ बनेको तथा हाम्रै जनशक्तिबाट उत्पादित निकै सस्तो र सुरक्षाको पनि प्रत्याभूत हुनेछ । तसर्थ हामीले यस कुरालाई मध्यनजर गर्नुपर्ने हुन्छ ।

जनता सुसूचित गर्न नयाँ प्रविधिको प्रयोगमा जोड दिन सिकाउने र अहिले के भइरहेको छ जानकारी दिन हामीले हरेक वर्ष क्यान इन्फोटेक मेला आयोजना गर्दै आएका छाैं  जहाँ हाम्रा युवाहरुले बनाएका कुराहरू पनि प्रदर्शनीमा राख्नेछौं हामी पनि गर्न सक्छौं है भनेर बुझाउन यो मेला आयोजना गर्दै आइरहेका हौँ ।अझै अब हामी प्रदेशमा पनि मेलाको आयोजना गर्ने सहित जिल्ला जिल्लामा प्रवर्द्धनात्मक काम गर्नेछौं हामी अहिलेनै गम्भीर भएर सोच्नुपर्ने छ नत्र यस्तो युगमा हामी लाटो साबित हुनेछौ ।

(क्यान इन्फोटेक मेलाको पूर्वसन्ध्यामा क्यान महासंघका अध्यक्ष रञ्जित पोदारसँग गरिएको कुराकानीमा आधारीत)

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x