Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

४ दशमलव ९२ अंकले बढ्यो नेप्से परिसूचक

४ दशमलव ९२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २४ माघ । बुधबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार पनि बढेर बन्द भएको बजार बुधबार ४ दशमलव ९२ अंकले बढेर २ हजार ९० विन्दूमा बन्द भएको हो ।

बुधबार ७७ लाख ३२ हजार कित्ता शेयर २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ बाँकी रहेका ११ कम्पनीको शेयरमूल्य स्थिर छ ।

बुधबार ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सर्बाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको २४ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x