Shangrila

शेयर बजारमा उतारचढाप, झिनो अंकको गिरावट

काठमाडौं, १४ असार । विहीबार शेयर बजारको परिसुचक नेप्सेमा उतारचढाप देखियो । शेयर बजार खुलेको समयदेखी बढेको शेयर बजार कारोबारको अन्तिम समयमा झिनो अंकले घटेको छ । नेप्से परिसुचक आज विहीबार ०.८८ अंकले घटेर ११९९.५४ विन्दुमा थामिएको छ ।

शेयर बजारमा आज वृद्धि आउँदा नेप्से परिसुचक अधिकत्तम १२०३.७९ विन्दुसम्म पुगेको थियो । हिजो बुधबार र आज विहीबार नेप्से परिसुचकको गतिविधिलाई हेर्दा १२ सय विन्दुको वरिपरि नै शेयर बजार रुमलिएको छ । यता शेयर लगानीकर्ताहरु पर्ख र हेरको स्थितीमा रहेकाले नेप्से परिसुचकमा वृद्धि अपेक्षित रुपमा हुने देखिएको छैन ।

हिजो बुधबारको तुलनामा आज विहीबार शेयर कारोबार रकममा सुधार आएको छ । विहीबार कुल १६४ कम्पनीहरुको ११ लाख ४८ हजार ३६९ कित्ता शेयरको किनबेचबाट २ करोड ४२ लाख ९८ हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ । यता वित्तीय प्रणालीमा तरलता संकुचनको कारण व्याजदरमा भएको वृद्धिले लगानीकर्ताहरुको आकर्षण शेयर बजारमा कम भएको छ । यद्यपी आर्थिक वर्षको अन्तिम महिनामा कर्जाको मागमा आएको कमीको कारण वित्तीय प्रणालीमा तरलता केहि सहज भएको बताइएको छ । तर व्याजदरमा सन्तुलन भने आउन सक्ने अवस्था आइसकेको भने छैन ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *