Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

घलेम्दी हाइड्रोकोे प्राथमिक निष्कासन आसर २२ गतेबाट

घलेम्दी हाइड्रोकोे प्राथमिक निष्कासन आसर २२ गतेबाट

काठमाडौं, १४ असार । घलेम्दी हाइड्रोले आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकाका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन गर्न भएको छ । कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ ।

उक्त प्राथमिक शेयरको बिक्री खुल्ला असार २२ गते गरिने कम्पनीले जनाएको छ । यस प्राथमिक शेयरको बिक्री बन्द छिटोमा श्रावण ४ गते र ढिलोमा श्रावण २० गते हुने बताइएको छ ।

कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा भिबोर क्यापिटललाई नियुक्त गरेको छ । प्राथमिक शेयरको लागि आवेदकहरुले न्युनतम ५० कित्ता र अधिकत्तम २७५० कित्ता शेयर आवेदन दिन पाउने व्यवस्था मिलाईएको छ । यस शेयरको बाँडफाँड पछि आगामी ३ वर्षसम्म बिक्री गर्न नपाइने कम्पनीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x