Shangrila

सुनको मुल्यमा वृद्धि, तोलाको ५७ हजार आठ सय

काठमाडौं, १४ असार । स्थानिय बजारमा विहीबार सुनको मुल्य बढेको छ । हिजो बुधबारको तुलनामा आज विहीबार सुन प्रति तोला दुई सय रुपैयाँले बढेको छ । आज विहीबार छापावाला सुन प्रति तोला ५७ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रति तोला ५७ हजार छ सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

यता अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा गिरावट आए पनि अमेरिकी डलर बजमुत बनेको कारण स्थानिय बजारमा सुनको मुल्य बढ्न गएको हो । आज नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिद मुल्य ११०.०८ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा कमी आए पनि अमेरिकी डलरको तुलनामा नेपाल रुपैयाँ कमजोर बन्दा सुनको मुल्यमा वृद्धि देखिएको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *