Shangrila

नाडेप लघुवित्तकोे प्राथमिक शेयर निष्कासनमा २३.८९ गुणाले पर्याे आवेदन

काठमाडौं, १४ असार । नाडेप लघुवित्तको प्राथमिक शेयर निष्कासनमा २ लाख १९ हजार भन्दा बढि आवेदनकर्ताहरुले ७६ लाख कित्ता शेयरको लागि आवेदन दिएको बताएको छ । उक्त प्राथमिक शेयर निष्कासनका लागि २३.८९ गुणा बढिले आवेदन परेको छ । लघुवित्तले असार १० बाट १३ गतेसम्मका लागि ४ लाख ८० हजार कित्ता प्राथमिक शेयरको बिक्री खुल्ला गरेको थियो ।

लघुबित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । जसमध्ये २४ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २४ हजार कित्ता शेयर संचालनमा रहेका सामुहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि जारी गरिने जनाइएको छ । लघुवित्तले जारी गरेको उक्त शेयर कुल चुक्ता पुँजीको ३० प्रतिशत हो ।

प्राथमिक शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तको हालको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *