नेशनल लाईफको हकप्रदका लागि असार २२ गते बुक क्लोज
काठमाडौं, १४ असार । हकप्रद शेयर प्रयोजनका लागि नेशनल लाईफ इन्स्योरेन्सले शेयर दर्ता किताब बन्द गर्ने भएको छ । इन्स्योरेन्सले १० बराबर ६ कित्ता अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जसका लागि इन्स्योरेन्सले असार २२ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्न शेयर लगानीकर्ताहरुले असार २१ गतेसम्ममा शेयर खरिद गर्नुपर्दछ ।
इन्स्योरेन्सले ९९ करोड ३६ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।