Shangrila

चितवनको पर्सामा ज्योति विकास बैंकको शाखा

काठमाडौं, १४ असार । ज्योति विकास बैंक लिमिटेडले चितवनको पर्सामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा संचालनमा ल्याइएको उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयूक्त रुपमा गरे ।

सो कार्यक्रममा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । त्यस्तै प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेकोले ज्योति विकास बैंक मार्पmत कारोवार गरि सहयोग गर्न आग्रह गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्फत वित्तिय सेवा दिदै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *