Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

रेनल्ट ब्राण्डका गाडी खरिद गर्न चाहनेलाई मुक्तिनाथ विकास बैंकले लगानी गर्ने

रेनल्ट ब्राण्डका गाडी खरिद गर्न चाहनेलाई मुक्तिनाथ विकास बैंकले लगानी गर्ने

काठमाडौं, १४ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र विशाल ग्रुप अन्तर्गतको एडभान्सड अटोमोबाइल्स प्रा.लिबीच रेनल्ट ब्राण्डका सवारी साधनमा लगानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्स प्रा.लिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम एडभान्सड अटोमोबाइल्स प्रा.लिले आयात गरी विक्री वितरण गर्ने रेनल्ट कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई मुक्तिनाथ विकास बैंकले खरिद मूल्यको ६५ प्रतिशत सम्म लगानी गर्नुका साथै आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने जनाइएको छ । यस सम्झौता बमोजिम कर्जा लिने ग्राहकहरुले अग्रिमरुपमा कर्जा भुक्तानी गर्नुपर्र्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरिएको छ । यो सेवा मुक्तिनाथ विकास बैकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x