सुदूरपश्चिम सम्मेलनमा प्रदेशको आर्थिक सम्भावनाको उजागर गर्दै एडिबीको पर्यटन अध्ययन सार्वजनिक

काठमाडौं, २१ जेष्ठ । एसियाली विकास बैंक (एडिबी) ले आज सुदूरपश्चिम प्रदेशलाई दिगो र समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सिफारिसहरू प्रस्तुत गरेको छ ।
यी सिफारिसहरू सुदूरपश्चिम एकीकृत आर्थिक तथा पर्यटन विकास अध्ययनमा आधारित छन्, जुन पर्यटन परामर्श गोष्ठी एवं पूर्व (लगानी तथा विकास सम्मेलनको क्रममा प्रस्तुत गरिएको हो ।
महामहिम राजदूतहरू, विकास साझेदार संस्थाका प्रमुखहरू, संघीय र प्रदेशस रकारका प्रतिनिधिहरू तथा निजी क्षेत्रका अगुवाहरू उपस्थित भएर सुदूरपश्चिम क्षेत्रका लगानी अवसरहरूबारे छलफल गर्दै सम्मेलन धनगढीमा सम्पन्न भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा एडिबीले उक्त अध्ययन सम्पन्न गर्नुका साथै सन् २०२२ को प्रदेशपर्यटन गुरुयोजना निर्माण गरेको हो ।
“यस प्रदेशको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदा अत्यन्त अनुपम छन्, तर पर्यटनको सम्भावना अझै सम्पूर्णरूपमा उपयोग भएको छैन,” नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नोकोश्वाले भने, “अध्ययनले कनेक्टिविटी (यातायात सञ्जाल), पर्यटकीय गन्तव्यहरू र जनशक्ति क्षमतामाको क्षमता विकास लक्षित लगानीद्वारा सुदूरपश्चिमलाई समृद्ध पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ भन्ने देखाएको छ ।
अध्ययनका प्रमुख निष्कर्षहरूले पहुँच अभिवृद्धि गर्न र देशमा भित्रिएका पर्यटकहरूको सन्तुलित वितरण सुनिश्चित गर्न उन्नत पूर्वाधार विकासको आवश्यकता औंल्याएको छ। साथै, अध्ययनले समग्र पर्यटन सर्किट र वातावरणमैत्री (पर्यटकीय) गन्तव्यहरूको विकास, सुशासन, दक्ष जनशक्ति विकास र निजी लगानी आकर्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।
“हामीले सुदूरपश्चिमको पर्यटन विकास गर्दा यसको प्राकृतिक सुन्दरता र वातावरणको संरक्षण आगामी पुस्ताका लागि कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ,” कोश्वाले भने ।
सम्मेलन आयोजना गरेकोमा सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिँदै कोश्वाले नेपालको समग्र विकासमा एडिबीको प्रतिबद्धता दोहोर्याए।
उनले यस कार्यक्रमले विकास रणनीतिहरूमा सामञ्जस्याता कायम गर्नुका साथै सार्वजनिक(निजी साझेदारीलाई प्रवर्द्धन गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने महत्वपूर्ण मञ्च प्रदान गरेको उल्लेख गरे ।