नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त, यस्तो छ पृष्ठभूमि

काठमाडौं, २१ जेष्ठ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।
बैंकले बुधबार देखि कार्यभार सम्हाल्ने गरी पण्डितलाई प्रवक्तामा नियुक्त गरेको जानकारी दिएको छ । नव नियुक्त पण्डित राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशक पनि हुन् ।
उनले वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए । पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्य अनुभव
रहेको छ ।
हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।