Date

बुध, पुस १७, २०८१
Wed, January 1, 2025

हकप्रद शेयर निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स

हकप्रद शेयर निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स

काठमाडौं, २८ माघ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्का्सन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । उक्त प्रस्तावसहित कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर जारीपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोडको ८० प्रतिशत हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको ८ करोड ३२ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर दिएर ४० करोड रुपैयाँ पुँजी थप गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले फागुन २० गते आइतबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ६ गतेसम्म कायम शेयर धनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x