बुटवल पावर कम्पनीको नाफा र आम्दानी दुवै घट्यो
काठमाडाैं, २८ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बुटवल पावर कम्पनीको नाफा घटेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे दोस्रो त्रैमासिका वित्तीय विवरणअनुसार पहिलो ६ महिनामा १७ करोड ८३ लाख रुपैयाँ खुद् नाफा कमाएकाे छ ।
गत आर्थिक वर्षको साेहि अवधिमा कम्पनीको २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
यस्तै कम्पनीकाे आम्दानीमा पनि गिरावट आएकाे छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत् बिक्रीवापत ४३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको साेहि अवधिमा ४१ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ ।