Date

सोम, पुस २२, २०८१
Mon, January 6, 2025

कुमारी सबल योजनाको इकाई बिक्री खुला

कुमारी सबल योजनाको इकाई बिक्री खुला

काठमाडौं, २८ माघ । कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले आइतबार (आज) देखि कुमारी सबल योजना निष्कासन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा फागुन १३ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने जनाइएको छ ।

फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। यो १० वर्षे अवधिको बन्दमुखी योजना हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x