Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

व्यवसायीको आत्मबल उच्च बनाउन सरकार लाग्नु पर्छः इप्पान अध्यक्ष कार्की

व्यवसायीको आत्मबल उच्च बनाउन सरकार लाग्नु पर्छः इप्पान अध्यक्ष कार्की

काठमाडौं, २९ माघ । अहिले सारा विश्वले ग्रीन इनर्जीको बाटो पछ्याइरहेको देखिन्छ । सबैको लगाव नै वातावरण कसरी जोगाउने र जलवायु परिवर्तनको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा लागेको देखिन्छ र बर्सेनि खरबौं रुपैया वातावरण जोगाउन खर्चिएको देखिन्छ । यसका लागि सारा विश्व नै ग्रीन इनर्जीमा केन्द्रीकृत भएको छ जसमा सबैभन्दा राम्रो विद्युत नेपालको पनि छ ।

नेपालको विद्युत खपत गर्न भारत बङ्गलादेश चाहिरहेका छन् । हाम्रो आफ्नै आन्तरिक खपत पनि बढ्दै गइरहेको छ । तर सरकारको उचित नीति तथा तदारुकता नभएका कारण हामी पछि परेको बताउँछन् स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की । उनी भन्छन्र्, “हामीले राम्रा प्रोजेटहरुको फाइल नहेर्ने पिपिए नखोल्ने खोलेपनी थोरै खोल्ने व्यवसायीका गुनासा नसुन्ने परिपाटीले हामी पछि परेका हौं । अहिले तीन हजार हाराहारी विद्युत उत्पादन भइरहेको छ । यदि हामीले पिपिए पहिले नै खोलिदिएको भए र हाम्रा फाइल नरोकिएको भए हामी हाल पाँच हजार मेघावाट विद्युत उत्पादन गरिरहेका हुन्थ्यौं र करिब दुई हजार मेघावाट भन्दा माथि विद्युत निर्यात गरिरहेका हुन्थ्यौं । १० वर्षमा १० हजार मेघावाट विद्युत भारत किन्न तयार त होला तर नीतिको परिमार्जन व्यवसायीका गुनासाको सम्बोधन र अन्तराष्ट्रिय लगानीकर्तालाई आकर्षण गर्न नसके हामी कसरी विद्युत उत्पादन र निर्यात गर्न सक्छौं सरकारले बर्सेनि करिब चार खरब भन्दा बढी लगानी विद्युतमा गर्नुपर्ने देखिन्छ ।”

त्यस्तै, इभि तथा खाना पकाउने देखि उद्योगमा खपत बढाउन सक्यौ भने आफ्नै आन्तरिक खपत बढ्ने बर्सेनि इन्धनमा खरबौं मुद्रा बाहिरिने जस्ता समस्याबाट पनि राहत पाउने उनको भनाई छ ।

यसका साथै विद्युतको उत्पादन तथा निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने र त्यसका लागि अबको १० वर्षमा सरकारले ४५खर्ब भन्दा माथि विद्युतमा लगानी गर्नुपर्ने उनको जिकीर छ । उनी भन्छन्र्, “अबको १० वर्षमा सरकारले ४५खर्ब भन्दा माथि विद्युतमा लगानी गर्नुपर्छ । यसका लागि झन्झटिलो नीति एउटा काम सकाउन दुई सय भन्दा बढी टेबल र विभिन्न विभाग धाउनु परे कसरी आउँछन् विदेशी लगानी ? के विदेशी लगानीकर्ताले नेपालमा मात्र लगानी गर्ने अवसर छ र ? उनीहरूलाई जहां गएपनि लगानीका अवसर छन् त्यसैले हामीले अहिलेको समयमा ऊर्जा उत्पादनमा नै फोकस हुनु जरुरी छ ।”

विद्युत विधेयक देखि सबैकाम एकद्रार प्रणालीबाट हुने बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा ढिलाइ नगरिदिने प्राइभेट सेक्टरले समेत विद्युत बेच्न पाउने परिपाटी गर्न सके विद्युतमा ठूलो उपलब्धि हासिल गर्ने बताएका छन् ।

यसका लागि सरकारले व्यवसायीका गुनासो सम्बोधन गर्ने रोकिएका फाइललाई अघाडी बढाउने लगानी स्वीकृति भएका विदेशीलाई लगानीमा जोड दिने तथा हाम्रा आफ्नै व्यवसायीहरुलाई पनि सरकार छ मेरो अभिभावक छ है भन्ने आभास दिलाउनु पर्ने कार्कीको भनाई छ ।

पाँच सय मेघावाट सम्म नेपाली व्यवसायीले लगानी गर्न सक्ने समेत उनले बताएका छन् । नेपालका व्यवसायी दिन रात नभनी २४ घण्टा ३६५ दिन दुई तीन सिफ्ट गरेर काम गर्न तत्पर रहेको तर वातावरण बनाउन सरकार लाग्न जरुरी रहेको उनले जिकिर गरेका छन ।

( अर्थको अर्थले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीसँग गरेको कुराकानीमा आधारित)

 

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x