दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्बको कारोबार
काठमाडौं, २९ माघ । साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुधार आएको छ । आइतबार १० दशमलव ५० अंकले घटेको नेप्से परिसूचक सोमबार १५ दशमलव ३३ अंकले बढेर २ हजार १०१ दशमलव १६ विन्दूमा बन्द भएको हो ।
सोमबार १ करोड १ लाख कित्ता शेयर ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा खरिद विक्री भएको हो ।
कारोबारमा आएका कम्पनीहरुमध्ये १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी रहेका ४ वटाको स्थिर छ ।
सोमबार २ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।