सरकारले घटायो बजेटको आकार
काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार घटाइएको बताएका हुन्।
उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए । अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको हो।