मौद्रिक नीति अर्धवार्षिक समिक्षा सार्वजनिक (पूर्णपाठ)
काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ काे मौद्रिक नीति अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ । साेमवार सार्वजनिक भएकाे दाेस्राे त्रैमासिक समिक्षा अनुसार आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएकाे बताइएकाे छ ।
यस्ता छन् अन्य नीतिगत व्यवस्थाहरुः
१ . अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
२ . ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ ।
३ . संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने
ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।
४ .कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।
यस्तो छ अर्धवार्षिक समिक्षाकाे पूर्णपाठ :