Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ग्लोबल आईएमई बैंक र कतार स्थित कमर्सियल बैंक बीच नेपालमा रेमिट्यान्स कारोबार गर्ने सम्झौता

ग्लोबल आईएमई बैंक र कतार स्थित कमर्सियल बैंक बीच नेपालमा रेमिट्यान्स कारोबार गर्ने सम्झौता

काठमाडौं, १५ असार । ग्लोबल आईएमई बैंक र कतार स्थित कमर्सियल बैंक बीच नेपालमा रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ।कतार स्थित कमर्सियल बैंक, कतारमा रहेका वाणिज्य बैंकहरु मध्येको ठूलो शाखा सञ्जाल भएको बैंक हो। जसको कतार भर वृहत शाखा संजाल रहेको छ।

ग्लोबल आइएमई बैंक रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंक हो। सोहि अनुरुप यो सम्झौता पश्चात कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका १२९ शाखाहरु, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ सेवा र नेपालभर रहेका ७००० भन्दा बढि एजेन्ट मार्फत सजिलै प्राप्त गर्न सकिने छ।

ग्लोबल आइएमई बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै बैंकले भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथै, अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, भारत, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x