Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सहकार्य

मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सहकार्य

काठमाडौं, १५ असार । मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रवन्ध निर्देशक सुरज बलया श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि बैंकका भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x