Shangrila

युनियन हाइड्रोपावरले पायो साधारण शेयर निष्कासनको अनुमती

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले युनियन हाइड्रोपाबर कम्पनी लिमिटेडलाई साधारण शेयर निष्कासनको अनुमती दिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियहरुलाई साधारण शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ७ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले उक्त साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । यस साधारण शेयर निष्कासनको लागि कम्पनीले इक्रा नेपालबाट ग्रेड ५ को मापन पाएको छ ।

कम्पनीले ३.३ मेगावाट क्षमता भएको मिदिम खोला आयोजना निमार्ण गर्दै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *