Shangrila

बोनस पछि मेगा बैंकको मुल्य समायोजन

काठमाडौं, १५ असार । बोनस शेयर प्रयोजनको लागि मेगा बैंक नेपालको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले बैंकको शेयर प्रति कित्ता १५७.११ रुपैयाँमा मुल्य समायोजन गरेको छ । बैंकको शेयर आधार मुल्य २५५.४३ रुपैयाँ रहेको छ ।

बैंकले सातौं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १०.७५३९ प्रतिशत बोनस शेयर दिने बताएको छ । बैंकको उक्त साधारण सभा असार २९ गते बस्ने भएको छ ।

बैंकको हाल चुक्ता पुँजी ९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकको चुक्ता पुँजी १० अर्ब २४ करोड रुपैयाँ पुग्नेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *