सरकारी कोष १ खर्बभन्दा बढीले घाटामा, सरकारलाई आर्थिक सकस
काठमाडौं, ६ फागुन । आर्थिक मन्दीले बजार शिथिल बनेको, व्यक्तिको आय स्रोत (क्रयशक्ति) नै कमजोर बनिरहेका बेला सरकार समेत यतिबेला बजेट घाटामा चलिरहेको छ । बैंक तथा बित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रीएको बेला सरकारसँग भने कति छ त पैसा ?
बजेट अनुशासन पालना नगर्दा सरकारी कोषको घाटामा रहेको देखिएको छ । आय र व्ययको तथ्यपरक अनुमान नगरी हचुवाका भरमा बजेट बनाउने, बजेटमा उल्लेख नभएका शीर्षकमा खर्च गर्ने तथा लक्ष्यअनुसार आम्दानी गर्न नसक्ने प्रवृत्तिले कोष घाटामा गएको हो ।
चालू आर्थिक बर्षको फागुन ५ गतेसम्म ६ खर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ तर यो अवधिमा खर्छ भने ७ खर्ब ६६ करोड रुपैयाँ गरिसकेको छ । यो तथ्य अनुसार सरकारी कोष १ खर्ब ३ करोड रुपैयाँ घाटामा छ । आम्दानी भन्दा खर्च धेरै हुँदा काेष घाटामा गएको हो ।
राजस्व संकलन ५ खर्ब ७६ अर्ब रुपैयाँ मात्र गरेको छ । यो बार्षिक लक्ष्यको ४० प्रतिशत मात्र हो । ५ खर्व २१ अर्ब त चालु खर्च मात्र भएको छ । यो कुल राजस्व संकलनको ५५ अर्ब मात्र कम हो ।