Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

ईपीएसको परीक्षा आजबाट सुरु, चैत २४ सम्म चल्न

ईपीएसको परीक्षा आजबाट सुरु, चैत २४ सम्म चल्न

काठमाडौं, ७ फागुन । कोरियाली भाषा परीक्षा (ईपीएस) को परीक्षा आजबाट सुरु हुँदैछ । भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा आजदेखि चैत २४ सम्म हुँदैछ ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् ।

ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् ।

एक लाख ६३ हजारभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिए पनि करिब १६ हजार मात्र छनोट हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x