Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

डेरी उद्योगले किसानलाई दूधको ८ अर्ब भूक्तानी दिएन्न, किसान चिन्तित, सडकमै पोख्न थालियो दूध

डेरी उद्योगले किसानलाई दूधको ८ अर्ब भूक्तानी दिएन्न, किसान चिन्तित, सडकमै पोख्न थालियो दूध

काठमाडौं, ८ फागुन । शनिबार चितवनका दुग्ध किसानहरुले दूध बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरुद्धको आन्दोलन स्वरुपसडकमै दूध पोखेर विरोध जनाए । विगत ८ महिनादेखि दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको भुक्तानी पाएका छैनन्। समयमा भुक्तानी नपाउदा किसानहरुको ब्यवसाय नै संकटमा परेको छ ।

कृषि मन्त्रालयका अनुसार ३५ जिल्लाका किसानले करिब ८ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।  तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्। ऋण लिएर केही रकम भुक्तानी दिने गरिए पनि सबै रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको  डेरी उद्योगीहरुको तर्क छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको रकम भुक्तानी गर्न डेरी उद्योगीलाई दैनिक ताकेआ गरिरहेको छ। बोर्डले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग र दुग्ध विकास संस्थान (डिडिसी) लाई पत्र पठाएर किसानको बक्यौता रकम समयमा भुक्तानी दिन आग्रह गरेको छ।

महिनौँ भुक्तानी नपाउँदा देशभरका दुग्ध उत्पादक किसान निराश छन् । दूधको उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्या सम्बन्धित निकायले कहिल्यै नसुन्दा उनीहरुको ब्यवसाय नै संकटमा पर्न थालेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *