Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

कति छ मंगलबार डलरको भाउ ?

कति छ मंगलबार डलरको भाउ ?

काठमाडौं, ८ फागुन । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। गत शनिबारदेखि स्थिर रहेको डलरको भाउ मंगलबार पनि स्थिर रहेको हो।

शनिबार एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १३ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७९ पैसा रहेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ८७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५१ पैसा तोकिएको छ।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ २५ पैसा र बिक्रीदर १६७ रूपैयाँ ०१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ०५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५० पैसा तोकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x