मंगलबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ८ फागुन । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । विगत ३ दिनदेखि बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख १७ हजार १०० रुपैयाँ पुगेको थियो । आइतबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार सोमबारकै मूल्य कायम भएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर छ । सोमबार प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।