Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

नेपाल एसबिआई बैंकद्धारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण

नेपाल एसबिआई बैंकद्धारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण

काठमाडौं, ८ फागुन । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी) आलोककुमार चौधरीको उपस्थितिमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ ।

यही फागुन ५ गतेदेखि नेपाल भ्रमणमा रहेका चौधरीले वृक्षारोपणको शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटीएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x