Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

प्रथम चावहिल जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो

प्रथम चावहिल जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो

काठमाडौं, ९ फागुन । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ २० औँ दिनसम्म आइपुग्दा ग्राहकको भीड बढ्दै गएको छ । उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको व्यवस्था गरीदिनाले पनि अहिले भिडभाड बढेको आयोजक टिम बताउँछन् ।

नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म आइपुग्दा ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिए ।

मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरु बिच सिधै जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मुल्यमा गुणस्तरीय जुत्ता पाएको बताए ।

नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए ।

मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताको भीड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताउनुभयो । जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।

उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य मेला आयोजकले राखेको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x