पाँचथरको फिदिममा ग्लोबल आइएमई बैंककाे शाखारहित बैंकिङ सेवा
काठमाडाैं, ९ फागुन । पाँचथरको फिदिम नगरपालिका–१२, डेरी बजारमा ग्लोबल आइएमई बैंककाे शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ ।
सोमवारदेखि उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाहरूको संख्या २७५ पुगेको हाे ।
फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं १२ का अध्यक्ष कमलप्रसाद चापागाईं र बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्ने बैंकको विस्वास छ ।