Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

कुमारी सबल योजनाको इकाई बाँडफाँड

कुमारी सबल योजनाको इकाई बाँडफाँड

काठमाडाैं, १६ फागुन । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई बाँडफाँड भएकाे छ । याेजनाले प्रतिइकाई १० रुपैयाँको दरले दश करोडको १४ प्रतिशत अर्थात एक करोड चालिस लाख इकाई कोष प्रवर्धक कम्पनी कुमारी बैंकलाई १% ले हुन आउने बिजपूँजी वापतको १० लाख इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई सुरक्षित राखेकाे छ ।

बाँकी सार्वजनिक निष्काशन मार्फत रु. ८ करोड ५० लाख इकाई निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १४ प्रतिशत विजपूँजी वापतको १,४०,००,००० इकाई कोष प्रवद्र्धक कम्पनी र १ प्रतिशत बिजपूँजी वापतको १०,००,००० इकाई योजना व्यावस्थापक कम्पनी कुमारी क्यापिटल लिमिटेडलाई बाँडफाँड गरिएको छ ।

आवेदन दिने २९ हजार १६० जना मध्ये रितपुर्वक आवेदन दिनुहुने २९ हजार १३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएकाे छ भने दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द गरिएकाे छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x