२ हजार बिन्दुमै राेकियाे नेप्से, २ अर्ब ३ करोडकाे काराेबार
काठमाडाैं, १६ फागुन । बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेकाे छ । मंगलबार २००१.६४ विन्दुमा राेकिएकाे बजार आज ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा बन्द भएको हाे।
मंगलबारकाे तुलनामा आज काराेबार रकम भने बढेकाे छ । बुधबार १५ लाख १५ हजार कित्ता सेयर किबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रूपैयाँको सेयर कारोबार भएको छ।
मंगलबार ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६.२१ रुपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।
आज धिताेपत्र बजारमा काराेबार भएका ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।