चैनपुर विकास सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं, १६ असार । शंखुवासभा चैनपुरको महत्व झल्काउन र त्यसको विकासका लागि चैनपुर नगरपालिकाले भद्रौ दोस्रो साता काठमाडौंमा चैनपुर विकास सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनमा प्रसिद्ध ऐलिहासिक महत्व बोकेको चैनपुरको शान फेरि जगाउनका काठमाडौंमा रहेका चैनपुरवासी तथा संखुवासभाली तथा विज्ञहरुको सहभागीता हुने जनाइएको छ ।

सम्मेलन आयोजनाका लागि छुट्टाछुट्टै विषयका ९ वटा समिति गठन गरिएको सासंद राजेन्द्र गौतमले बताए । चैनपुर ऐतिहासिक, धार्मिक, प्राकृतिक, पर्यटकीय दृष्टिकोणले धनी भएता पनि पछिल्लो समय चैनपुर ओझेलमा परेपछि नगरपालिकाले फेरि चिनाउन खोजेको उनले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *