Shangrila

तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर

काठमाडौ, १६ असार । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिपकुमार थिकेले हस्ताक्षर गर्नु भएको हो ।

जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरिएको नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी दिएको हो

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *