Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बुद्ध एयरले सुरु गर्यो वनारसको नियमित उडान

बुद्ध एयरले सुरु गर्यो वनारसको नियमित उडान

 काठमाडौ,१६ असार ।  बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित उडान सुरु गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले शुक्रबारबाट  ४७ सिट क्षमतायुक्त एटिआर४२–३२० सिरिजको जहाजबाट बनारसका लागि नियमित उडान सुरु गरेको हो ।

पहिलो उडानमा जाँदा ३८ यात्रु र फकिंदा ४७ यात्रु रहेको कम्पनीले जानकारी दिएको छ। । पहिलो उडानलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत तथा बिदाइ गरेका थिए। नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको पर्यटन क्षेत्रमा यसबाट असाध्यै सकारात्मक सन्देश गएको बताए

‘वृहत सम्भावना बोकेको नेपालको पर्यटनलाई भारतीय धार्मिक सहर बनारसमा प्रवर्द्धन गर्ने र उताका पर्यटकलाई हाम्रा पशुपतिनाथ, मुक्तिथान, जानकी मन्दिर, पोखरा जस्ता गन्तव्यमा आकर्षित गर्ने उद्देश्यले नियमित उडान सुरुगरेमो बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

बुद्धले काठमाडौं–बनारस सेक्टरका लागि केही वर्षदेखि ‘चार्टर’ उडान गरिरहे पनि अब प्रत्येक सोमबार र शुक्रबार नियमित दुई उडान गरको हो ।।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x