Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ललितपुरको खोकनामा यसरी मनाईयो असार १५ (फोटो फिचर)

ललितपुरको खोकनामा यसरी मनाईयो असार १५ (फोटो फिचर)

मानमाती पाण्डेय
काठमाडौं, १५ असार । हरेक वर्ष असार १५ गते नेपालमा धान दिवसको रुपमा मनाइन्छ । देशका धेरै ठाँउमा यो दिवस धान रोप्दै एक आपसमा हिलो खेलेर मनाउने गरिन्छ ।

त्यस्तै किसानहरुको श्रमको सम्मानका लागि आजकै दिनमा कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालयले पनि छुटै कार्यक्रमको आयोजना गरि धान दिवस मनाएको छ । कृषि भुमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ भन्ने नाराका साथ यस वर्षको धान दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा लिइने आज दहि चिउरा खाने दिनका रुपमा समेत लिइन्छ ।

यस वर्ष समयमै मनसुन शुरु भए पनि राजधानीका विभिन्न ठाउँहरुमा रोपाईका लागि भने पानीको अभाव देखिएको छ । तर पनि बागमती सहितका अन्य खोलाहरुबाट पानी तानेर भएपनि उपत्यकाबासीले रोपाई गरेका छन् । सिंचाइको अभावमा यस वर्ष पनि रोपाइमा समस्या आएको ललितपुर खोकनाका माइला मर्हजनले बताए । उनले भने ‘धेरै जसो ठाउँमा सिंचाइको सुविधा छैन आकाशे पानीको भरपर्दा रोपाइ गर्न ढिलो हुन्छ । त्यसैले खोलाबाट पानी तान्न १ घन्टाको ६ सय रुपैयाँ शूल्क तिरेर पानी तानी रोपाइ गर्नु परेको छ ।’ २ घण्टामा रोपेर सकिने ठाँउमा पानीको अभावका कारण २÷३ दिन लाग्ने गरेको उनले बताए ।

असार १५ भइसक्दा पनि सिंचाइको अभावमा कतिपय ठाँउमा अझै रोपाइ हुन सकेको छैन । खोलाबाट पानी तान्न प्रतिघण्टा ६ सय रुपैयाँ तिर्न नसक्ने भएकाले पानी परेपछि मात्र रोपाइ गर्ने सोचमा छिन ललितपुरकै मनिसा मर्हजन पनि । उनका अनुसार पानीको समस्या त छदैछ अझ उन्नत जातको बिउको प्रयोग कम हुनु र रसायनिक मल पनि समयमा उपलब्ध नहुनुले किसानहरु परम्परागत खेतीमा निर्भर हुनु परेको छ । नेपालमा मुख्य रुपमा बर्खे धान, चैत धान र घैया धानको खेती हुदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x