हिमालयन रिइन्योरेन्सको सञ्चालकमा ३ जना निर्वाचित
काठमाडौं, २० फागुन । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ३ जना नयाँ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको तेश्रो साधारण सभाबाट संस्थापक सेयरधनी समूहबाट १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना गरी तीनजना निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको निर्वाचन समितिले एक सूचना जारी गर्दै संस्थापक समूहबाट रोहित गुप्ता र सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेल निर्वाचित भएका हुन् ।