Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मनसुन सक्रिय-बाढीको खतरा रहेको भन्दै सचेत हुन आग्रह 

मनसुन सक्रिय-बाढीको खतरा रहेको भन्दै सचेत हुन आग्रह 

काठमाडौ,१७असार । केही दिन यता मनसुन सक्रिय भएकाले लगातार पानी पर्ने हुँदा देशका विभिन्न ठाँउहरुमा बाढी एव पहिरोको खतरा रहेको भन्दै सरकारले सचेत गराएको छ ।  जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले टुइट मार्फत जोखिम क्षेत्रका बसिन्दालाइ सचेत रहन आग्रह गरेको छ ।

आज र भोली  चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

गोरखा, धादिङ, लमजुङ तथा कास्कीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने जोखिम पनि हुन सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x