Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

आरएसडिसी लघुवित्तको हकप्रद आजबाट

आरएसडिसी लघुवित्तको हकप्रद आजबाट

काठमाडौं, १७ असार । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आज असार १७ बाट हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । लघुवित्तले ५ बराबर ३ अर्थात ६० प्रतिशत हकप्रद शेयरको विक्री खुल्ला गरेको हो । उक्त हकप्रदको बिक्री बन्द श्रावण २० गते हुने जनाइएको छ ।

लघुवित्तले २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार सात सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । लघुवित्तले उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर पछि लघुवित्तको चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको हाल चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x