Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सात महिनामा २३ अर्ब ५४ करोडको खाद्यान्न आयात

सात महिनामा २३ अर्ब ५४ करोडको खाद्यान्न आयात

काठमाडाैं, २२ फागुन । चालु आर्थिक वर्ष २०८०/८१ काे ७ महिनामा नेपालले २३ अर्ब ५४ करोड २२ लाख ५० हजार रुपैयाँको खाद्यान्न आयात गरेको छ ।

भन्सार विभागका अनुसार याे अवधीमा सबैभन्दा धेरै मकै आयात भएकाे छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ अर्ब ६२ करोड ९३ लाख ६१ हजार रुपैयाँ बराबरको १८ करोड ६५ लाख १ हजार ७२ केजी मकै आयात भएको छ । यस्तै ५६ करोड ८६ लाख ८७ हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार ३ केजी मकैको बिउ आयात भएको छ ।

यस्तै मकैपछि दाेस्राेमा ७ अर्ब ३७ करोड ६७ लाख ३ हजार रुपैयाँ बराबरको १९ करोड ६१ लाख ४४ हजार १६ केजी धान आयात भएको छ । यसमा ४ करोड ७९ लाख ४४ हजार रुपैयाँ बराबरकाे १ लाख ४४ हजार ५९५ केजी धानको बिउ आयात गरीएकाे हाे ।

यस्तै ७ महिनामा नेपालले ५ अर्ब ६८ करोड ४० लाख २६ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ४९ हजार ३४० केजी चामल आयात गरेको छ ।

यस अवधिमा २ अर्ब ३३ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ५ करोड ६१ लाख ३३ हजार ३४० केजी गहुँ आयात भएको छ । जसमा ३ लाख ५५ हजार रुपैयाँ बराबरको ३४३ केजी गहुँको बिउ आयात भएको विभागको तथ्यांकले देखाएको हाे।

यस्तै नेपालले आयात गर्ने अर्काे खाद्यान्न बालिमा काेदाे रहेकाे छ । यस अवधिमा नेपाललमा  ५२ करोड ७५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १७ हजार २३६ केजी कोदो आयात भएको हो । जसमा १ लाख ७८ रुपैयाँ बराबरको काेदाकाे बीउ आयात गरीएकाे छ ।

नेपालले मकै, धान, चामल, कोदो, गहुँ लगायत खाद्यान्न भरत चीन थाइल्यान्ड, ब्राजिल, इटली भियतनाम, इन्डाेनेसीया जापान लगायतका देशहरुबाट आयात गर्दै आएकाे छ ।

यस अवधिमा नेपाललले यी खाद्यान्नकाे आयातबाट सरकारले १ अर्ब ५८ कराेड ७२ लाख ४४ हजार राजस्व प्राप्त गरेकाे छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x