आर्थिक एजेण्डामा एकमत हुन महासंघको आग्रह
काठमाडाैं, २७ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । नेपाल तयारी पोसाक उद्योग संघको २९ औं वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्ताे आग्रह गरेका हुन् ।
अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औ वार्षिक साधारसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवयशक रहेको बताए ।
यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे।
गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पूँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए ।