ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत १० गते
काठमाडौं, २७ फागुन । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौँ तथा एघारौँ वार्षिक साधारण सभा चैत १० गते बस्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ दशमलव ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।