सात महिनामा ७.१ प्रतिशतले घट्याे कुल वस्तु निर्यात
काठमाडाैं, २९ फागुन । चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले घटेकाे छ । साउनदेखि माघसम्मकाे अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रूपैयाँ वरावरकाे वस्तु निर्यात भएकाे छ ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ।
नर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो ।