Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

बुढानीलकण्ठस्थित हात्तिगाैँडामा सर्‍याे हिमालयन बैंककाे गाेङ्गबु शाखा

बुढानीलकण्ठस्थित हात्तिगाैँडामा सर्‍याे हिमालयन बैंककाे गाेङ्गबु शाखा

काठमाडाैं, २९ फागुन । हिमालयन बैंककाे गोंगबु शाखा बुढानीलकण्ठ न.पा. वडा नं. ८ हात्तीगौंडामा सरेकाे छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट बैंकिङ्क सेवा विस्तार गरेको हाे ।

फाल्गुण २७ गते बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपरमा स्थानान्तरण गरी मिति २०८० साल फाल्गुण २७ गते देखि सेवा सुचारु गरेको छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिएसओ टर्मिनल र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x