राष्ट्र बैंकद्वारा मौद्रिक नीति सल्लाहकार समिति गठन
काठमाडौं, ३० फागुन । राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझाव दिन बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने जनाएको थियो।
सोही अनुसार समिति गठन गरिएको हो। उक्त समितिमा नेपाल राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकार रहेका छन् ।
समितिमा अर्थविद् मनिकलाल श्रेष्ठ र केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राय रहेका छन्।