Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

ट्राफिक प्रहरीद्वारा यात्रु मैत्री अभियान सञ्चालन

ट्राफिक प्रहरीद्वारा यात्रु मैत्री अभियान सञ्चालन

काठमााडौं, १ चैत । यात्रुहरुको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसावले गन्तब्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान–२०८० बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।

यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ छैन ? जेष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरुका लागि आरक्षित सिट पालना भएको छ छैन रु सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई हुने दुर्व्यवहार , त्यस्तै भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनाधिकृत राईड सेयर गरेको बिषयमा अनुगमन पश्चात यदि कार्यान्वयन गरेको नपाईएमा आवश्यक कारबाही गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

बुधबारदेखी आगामी चैत्र १४ गते सम्म सञ्चालन गरिने यो अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारीहरु सादा पोशाकमा खटिने र आवश्यकता अनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरुबाट समेत
थप जनशक्ति परिचालन गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अनुगनमनका क्रममा सवारी साधनमा भाडा दर नराख्ने २१७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ र बढी भाडा लिने २ गरी जम्मा ३०३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।

यो अभियानबाट यात्रुबर्गलाई सुरक्षित, सम्मान जनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरु समयमै गन्तब्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको र यो अभियान, हाललाई १५ दिन सम्म सञ्चालन गरिने भएतापनि अभियान सञ्चालन अवधिभरको पृष्ठपोषणका आाधारमा अनुगमनलाई निरन्तरता दिईने बताईएको छ । यो अभियानको सम्पूर्ण अनुगमन तथा मूल्यांकन भने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने र यात्रुहरुले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुर्व्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा खवर गर्न पनि प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x